Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

एमाले अध्यक्ष ओलीले भने मन्त्रालयको बाँडफाँड भएको छैन्


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकमा उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताएका हुन ।

उनले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको भन्दै उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरुलाई स्थान निर्धारण गर्ने बताए ।

अध्यक्ष ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको दाबी गरे । उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताए । अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको ओलीको भनाई छ ।

उनले राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे । एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्नेकुरा भ्रम फैल्याउनका लागि बोलिएको बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #बाँडफाँड, #मन्त्रालयको बाँडफाँड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं