महाकालीले खतराको तह पार गरेपछि सबै ढोका खोलियो
काठमाडौं । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको छ ।
नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ ।
नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । पानीले खतराको सतह नाघेपछि शनिवार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधनको आवागमन अझै सुचारु भएको छैन ।
शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्