काडाँघारीको आइडियल सहकारीका सञ्चालक फरार, बचतकर्ता आन्दोलनमा
काठमाडौं । काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका छन् । उक्त सहकारीका अध्यक्ष केबी उप्रेती, महाप्रबन्धक जानुका र सरु, म्यानेजर कमला गजुरेल र लेखापाल सरिता ढुंगेल फरार भएका हुन् ।
उनीहरू फरार भएपछि अहिले बचतकर्ता आन्दोलित भएका छन् । उनीहरूले सञ्चालक तथा व्यवस्थापन समितिका सदस्यहरूको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही माग गरेका छन् ।
बुधबार अनामनर आइपुगेका पीडितहरूले सहकारीका कार्यकारी अधिकृत कुयाङ लामाको दिदी–बहिनी प्रेस घेरेका छन् । अनमानगरस्थित उक्त प्रेस कुयाङकी श्रीमतीको नाममा रहेको छ। कुयाङले उक्त प्रेस भाइलाई रेखदेखको जिम्मा दिएको थाहा पाएपछि पीडितहरू आन्दोलित हुँदै घेर्न आइपुगेका हु्न् ।
पीडितहरू आफ्नो पैसा फिर्ता नभए बौद्धस्थित कुयाङको घर पनि घेर्ने योजना बनाएका छन्। सहकारीका पीडितहरूले ब्यानरमा भएको सञ्चालकहरूको फोटोमा कालो टीकासमेत लगाइदिएका थिए ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आइडियल यमुना, #केबी उप्रेती, #महाप्रबन्धक जानुका, #सहकारी संस्था
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्