काडाँघारीको आइडियल सहकारीका सञ्चालक फरार, बचतकर्ता आन्दोलनमा

काठमाडौं । काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका छन् । उक्त सहकारीका अध्यक्ष केबी उप्रेती, महाप्रबन्धक जानुका र सरु, म्यानेजर कमला गजुरेल र लेखापाल सरिता ढुंगेल फरार भएका हुन् ।
उनीहरू फरार भएपछि अहिले बचतकर्ता आन्दोलित भएका छन् । उनीहरूले सञ्चालक तथा व्यवस्थापन समितिका सदस्यहरूको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही माग गरेका छन् ।
बुधबार अनामनर आइपुगेका पीडितहरूले सहकारीका कार्यकारी अधिकृत कुयाङ लामाको दिदी–बहिनी प्रेस घेरेका छन् । अनमानगरस्थित उक्त प्रेस कुयाङकी श्रीमतीको नाममा रहेको छ। कुयाङले उक्त प्रेस भाइलाई रेखदेखको जिम्मा दिएको थाहा पाएपछि पीडितहरू आन्दोलित हुँदै घेर्न आइपुगेका हु्न् ।
पीडितहरू आफ्नो पैसा फिर्ता नभए बौद्धस्थित कुयाङको घर पनि घेर्ने योजना बनाएका छन्। सहकारीका पीडितहरूले ब्यानरमा भएको सञ्चालकहरूको फोटोमा कालो टीकासमेत लगाइदिएका थिए ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आइडियल यमुना, #केबी उप्रेती, #महाप्रबन्धक जानुका, #सहकारी संस्था
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्