एसईईको नजिता प्रकाशित हुँदै, यस्तो छ हेर्ने तरिका
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिए ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ । गत चैतमा भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नतिजा आज प्रकाशित, #नन ग्रेडिङ, #माध्यामिक शिक्षा परीक्षा
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्