चालु आर्थिक वर्षमा थपिए ६१ वटा नयाँ मेनपावर कम्पनी, ४३ वटा खारेज
काठमाडौं । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्म ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभागले ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो ।
विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाखसम्म ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमा ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको विभागले जनाएको छ ।
वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था छ ।
त्यस्तै पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैङ्क ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ ।
यो वर्ष दर्ता भएका कम्पनीहरूले तीन हजार जनासम्म कामदार पठाउनेगरी दर्ता भएका हुन् । उनीहरुले नगद ५० लाख धरौटी र डेढ करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राखेको विभागले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आर्थिक वर्ष, #नयाँ मेनपावर कम्पनी, #वैदेशिक रोजगार विभाग
ताजा खबर
- १ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- २दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ३आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ४तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा
- ५एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक



तपाईको कमेन्ट लेख्नुहोस्