रुसको रोक्का रकमको व्याज युक्रेनलाई युद्ध लड्न दिने जि ७ देशहरुको निर्णय
काठमाडौँ । रुसले युक्रेनलाई हमला गरेपछिको प्रतिक्रियामा अमेरिका नेतृत्वका पश्चिमा देशहरुले रोक्का गरेको रुसी रकमबाट आउने व्याजलाई युक्रेनलाई ऋण दिने जि ७ देशहरुले सहमति गरेका छन् । रुसी रोक्का रकमको ५० अर्ब डलर युक्रेनलाई ऋणमा दिइने भएको छ ।
यस्तो ऋणले युक्रेनको युद्ध तथा अर्थतन्त्रको दीर्घकालिन सहयोगमा टेवा पुग्ने जि ७ देशहरुले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो निर्णयलाई ‘ऐतिहासिक’ संज्ञा दिएका छन् ।
रुसको ३२५ अर्ब डलर रोक्का भएको छ । त्यसबाट बार्षिक ३ अर्ब डलर व्याज आउँछ । त्यहि ब्याजको रकम युक्रेनलाई दिइने ५० अर्ब डलरको बार्षिक व्याज तिर्न प्रयोग हुने भएको हो ।
यसबारेमा अमेरिकी राष्ट्रपति जो बाइडनले भनो छन्, ‘५० अर्ब डलर युक्रेनको लागि काम लाग्नेछ । साथै यसले रुसलाई हामी पछि नहट्ने सन्देश पनि दिनेछ ।’
अमेरिका, बेलायत, फ्रान्स, इटाली, जर्मनी, क्यानडा र जापान मिलेर बनेको जि ७ विश्वका विकसित अर्थतन्त्रहरुको अमेरिका पक्षधर समुह हो । पहिले जि ८ भएकोमा रुसलाई निष्कासन गरेपछि जि ७ भएको हो ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्