दक्षिणी युक्रेनमा रुसी आक्रमणमा ६ को मृत्यु, ११ घाइते

काठमाडौं । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित उनको गृहनगरमा रुसी आक्रमणमा छ जना मारिएको बताएका छन् । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन् , क्रिवी रिगमा रुसी मिसाइल आक्रमण । अहिलेसम्म छ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् ।” उनले घटनास्थलमा आपत्कालीन सेवाहरूले लिएका भिडियो फुजेट पोस्ट गरेका छन् ।
फुटेजमा उद्धारकर्मीहरूले भत्किएको भवनबाट धुवाँ निस्किरहेको देखाउँदै जीवितहरूलाई खोज्न भग्नावशेषमा देखाइएको छ । जेलेन्स्कीले आफ्नो पोस्टमा युक्रेनका सहयोगीहरूसँग रुसी हवाई आक्रमणबाट बच्नका लागि अत्याधुनिक हवाई बेट्रीहरूको आपूर्ति बढाउन आह्वान गरेका छन् ।
आधुनिक हवाई रक्षा प्रणालीले मानिसहरू, हाम्रा सहर र हाम्रो अवस्थाका लाग अधिकतम सुरक्षा प्रदान गर्दसक्छ, साथै हामीलाई सकेसम्म तिनीहरूको आवश्यकता छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्