राष्ट्रपति पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।
जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्ताराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
त्यसैगरी सरकारले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायपरिषद्का सचिव र सर्वोच्च अदालतका रजिष्ट्रारमा पदस्थापन गरेको छ ।
यसैगरी सरकारले वन दोस्रो संशोधन नियमावली,२०२१ स्वीकृत गरेको छ। साथै तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
- २एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव, पार्टी सदस्यता दुई तहको हुने
- ३भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यकः शेखर कोइराला
- ४युनेस्कोबाट अलग हुने अमेरिकाको निर्णय
- ५पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण नगर्ने एमालेको निर्णय, विद्याको चाहनामा ब्रेक
तपाईको कमेन्ट लेख्नुहोस्