प्रतिनिधि सभाले गठन गर्यो संसदीय छानबिन विशेष समिति !
काठमाडौं । प्रतिनिधि सभाले सहकारी समस्याबारे छानबिन गर्नका लागि संसदीय छानबिन विशेष समिति गठन गरेको छ । मंगलबार साँझ बसेको प्रतिनिधि सभाले एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन गरेको हो ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको हो ।
समितिलाई रवि लामिछाने जोडिएका सहकारी लगायतका अन्य २९ वटा संकटग्रस्त सहकारीहरूको छानबिनका लागि कार्यादेश दिइएको छ । छानबिन समितिलाई ३ महिनाको समय दिइएको छ ।
समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्