गाजाको शरणार्थी शिविरमा हवाई हमला, कम्तीमा ५० जनाको मृत्यु
काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् ।
इजरायल डिफेन्स फोर्स आईडीएफले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ ।
अघिल्लो दिन हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि सहरमा पहिलो लामो दूरीको आक्रमण थियो । दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूले ठुलो विस्फोट र भीषण आगो जलिरहेको देखाउँदछ ।
हमासले इजरायली हवाई हमलाले विस्थापित प्यालेस्टाइनीहरूको लागि रफाहको उत्तर(पश्चिममा रहेको शिविर, सैन्य कारबाहीबाट टाढा एक निर्दिष्ट मानवीय सुरक्षित क्षेत्रमा, मा आक्रमण गरेको बताएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #गाजामा हमास, #विस्फोटमा ५० जनाको मृत्यु
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्