सन्दीप लामिछानेलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीको अनुमति
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको छ ।विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो ।
योसँगै क्यानले सन्दीपलाई त्यसतर्फ पठाउने तयारी गरेको छ । यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ ।
त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो । अव सन्दीप क्रिकेट खेल्न अमेरिका जाने छन् ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आईसीसीको अनुमति, #सन्दीप लामिछाने
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्