स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।
राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका थिए ।
त्यही बेला भीडबाट आक्रमण भयो । पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ ।
उनको फेसबुक पेजमा दिइएको जानकारी अनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्