एमाले अध्यक्ष ओलीले गगन थापामाथि किन पोखे आक्रोश ? संसदमा बोल्न नदिने धम्की !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीचको टकरावमा एमाले पनि मिसिएको छ । गृहमन्त्री लामिछानेको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओली नै खुलेआम लागेपछि अव एमाले र कांग्रेस भिड्ने संकेत देखिएको छ । अझ एमाले अध्यक्ष ओलीले कांग्रेसलाई संसदमै बोल्न नदिने धम्की दिएपछि सहकारी ठगी प्रकरणमा भइरहेको संसद बन्धक त्यत्तिकै खुल्ने अवस्था देखिदैन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई संसदमा बोल्न नदिने धम्की दिएका छन् । कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदमा बोल्न दिएको छैन् । संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । तर, आफूमाथि लागेको आरोपमा बोल्न पाउ भन्दै गृहमन्त्री लामिछानेले सभामुख देवराज घिमिरेलाई नै पत्र लेखेका थिए । पत्र लेखेर पनि गृहमन्त्री लामिछानेलाई कांग्रेसले संसदको रोष्ट्रममै जान दिएको छैन् । गृहमन्त्री लामिछानेलाई बोल्न नदिएको आक्रोश कांग्रेसमाथि एमाले अध्यक्ष ओलीले बुधबार पोखेका छन् ।
अध्यक्ष ओलीले गृहमन्त्री लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने दाबी गरे । अवको संसद बैठकमा कांग्रेसलाई बोल्न नदिइने र पहिले गृहमन्त्री लामिछानेले नै बोल्ने यदि बोल्न नदिइए एमालेले बोल्ने चेतावनी दिएका छन् । एमालेका अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रश्तुत गरेको आरोप लगाए ।
कांग्रेस महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रश्तुत भएर उदण्डता देखाएको टिप्पणी गरे । सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको ओलीको जिकिर छ । काँग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न लागेको र भ्रष्टाचारमा दोषि करार भएका काँग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिस उपर छानविन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै काँग्रेसलाई सरम हुनुपर्ने ओलीको तर्क छ ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाली काँग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी गरे । गृहमन्त्री लामिछानेबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको कांग्रेसले आगामी बैठकमा गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणका बिषयमा आवाज उठाउने बताएपछि एमाले अध्यक्ष ओली आक्रोशीत भएका हुन् । प्रधानमन्त्री ललिचो भएर संसदीय छानविन समिति बनाउन तयार भएपनि एमालेले कुनै हालतमा संसदीय छानविन बनाउन नसकिने बताइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ओलीले गगन थापा, #गृहमन्त्री लामिछाने, #संसद बन्धक
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्