कोशी प्रदेशसभा विघटन नगर्न कांग्रेसको निर्देशन,संकल्प प्रस्तावले दिएको म्याद आज सकिदैं
काठमाडौं । कोशी प्रदेशसभाले संकल्प प्रस्तावमार्फत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन दिएको समयसीमा मंगलबार सकिँदैछ । तर मुख्यमन्त्री केदार कार्की भने विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा छन् । नेपाली कांग्रेसले कुनै हालतमा प्रदेशसभा विघटनको सिफारिस नगर्न निर्देशन दिएका कारण उनी त्यो विकल्पमा जाने छैनन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया थाले अदालत जाने कार्कीको तयारी छ ।संविधानको धारा १६८ (५) अनुसार कांग्रेस प्रदेशसभा सदस्य कार्की २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
एमाले सरकारबाट हटेपछि पनि तत्कालीन सत्ता गठबन्धनमा रहेको माओवादी, एकीकृत समाजवादी र जसपाको साथ उनलाई थियो । फागुन २१ मा केन्द्रमा गठबन्धन फेरिएपछि कार्की अल्पमतमा परेका हुन् । चैत २६ मा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको सूचना प्रदेशसभामा दर्ता गराएका थिए ।
त्यसपछि ७ वैशाखमा प्रदेशसभाको विशेष अधिवेशनले २५ वैशाख समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत नलिने र राजीनामा पनि नदिने गरेमा नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई सन्देश दिन एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव लगेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यमन्त्री केदार कार्की, #विघटनको सिफारिस, #विश्वासको मत
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्