कोशी प्रदेशसभा विघटन नगर्न कांग्रेसको निर्देशन,संकल्प प्रस्तावले दिएको म्याद आज सकिदैं
काठमाडौं । कोशी प्रदेशसभाले संकल्प प्रस्तावमार्फत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन दिएको समयसीमा मंगलबार सकिँदैछ । तर मुख्यमन्त्री केदार कार्की भने विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा छन् । नेपाली कांग्रेसले कुनै हालतमा प्रदेशसभा विघटनको सिफारिस नगर्न निर्देशन दिएका कारण उनी त्यो विकल्पमा जाने छैनन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया थाले अदालत जाने कार्कीको तयारी छ ।संविधानको धारा १६८ (५) अनुसार कांग्रेस प्रदेशसभा सदस्य कार्की २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
एमाले सरकारबाट हटेपछि पनि तत्कालीन सत्ता गठबन्धनमा रहेको माओवादी, एकीकृत समाजवादी र जसपाको साथ उनलाई थियो । फागुन २१ मा केन्द्रमा गठबन्धन फेरिएपछि कार्की अल्पमतमा परेका हुन् । चैत २६ मा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको सूचना प्रदेशसभामा दर्ता गराएका थिए ।
त्यसपछि ७ वैशाखमा प्रदेशसभाको विशेष अधिवेशनले २५ वैशाख समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत नलिने र राजीनामा पनि नदिने गरेमा नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई सन्देश दिन एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव लगेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यमन्त्री केदार कार्की, #विघटनको सिफारिस, #विश्वासको मत
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्