सर्वोच्चमा सोमबारदेखि ३ न्यायाधीश रिक्त, समयमा हुन सकेन पदपूर्ति
काठमाडौं । एकपछि अर्को न्यायाधीशले अवकाश पाउने, तर समयमा पदपूर्ति हुन नसक्दा सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घट्दै गइरहेको छ । आइतबारदेखि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएपछि रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ ।
प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १८ जनामात्रै न्यायाधीश छन् । लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत कात्तिकसम्म सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त थिए ।
२०८० मंसिर ५ मा ६ जना न्यायाधीशको नाम सिफारिस भएको थियो । त्यतिबेला समेत एउटा पद रिक्त राखेर अरुमा मात्रै नाम सिफारिस गरिएको थियो । त्यसयता सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुष्मालता माथेमाले अवकाश पाएकी छन् ।
अहिले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ । जेठ ३२ मा सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईले उमेरहदबाट अवकाश पाउँदैछन् ।
अर्को सातापछि उनपको ठाँउमा समेत न्यायाधीश सिफारिसको बाटो खुल्छ । किनभने नेपालको संविधानमा संवैधानिक पदाधिकारीहरु अवकाश हुनुभन्दा एक महिनाअघि नै रिक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक परिकल्पना छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पदपूर्ति हुन नसक्दा, #सर्वोच्च अदालत
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्