फेरि फुट्यो जसपा, नयाँ पार्टी खोल्न अशोक राई समूह ७ सांसदसहित निर्वाचन आयोगमा
काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएसँगै पार्टी फुटेको हो ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका हुन् । निर्वाचन आयोग पुग्नेमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।
त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत हुनुहुन्छ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अशोक राई, #आयोगमा निवेदन दर्ता
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्