इलाम २ मा किन पछि पर्यो रास्वपा ! गृहमन्त्री रवि लामिछानेलाई ठूलो धक्का !
इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । मत परिणाम एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्का यतिबेला भने नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ २ हजार ६ सय मतले अगाडि देखिन्छन् । अहिले इलाममा कांग्रेस र एमालेकै प्रतिष्पर्धा देखिएको छ ।
पहिचानबादीका तर्फबाट उम्मेद्वार बनेका डेकेन्द्र थापाले पनि कांग्रेसका खड्कालाई पछ्याइरहेका छन् । उनी अहिलेको मत परिणाम अनुसार तेस्रो नम्बरमा छन् । तर, पूराना दललाई टक्कर दिने भन्दै चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी भने चौथो नम्बरमा पर्दै एक हजार ३ सय ५ मत मात्रै पाएको छ ।
नेम्बाङले झण्डै ९ हजार मत पाउदा रास्वपाका मिलन लिम्बुले झिनो मत पाएका हुन् । रास्वपाका सभापति रवि लामिछाने र नेताहरु चुनाव आफूहरुले नै जित्ने भन्दै प्रचार–प्रसारमा दौडधुप गरेका थिए । उनीहरुले घरदैलो अभियान गर्दा र पूराना दलको विकल्पमा आएको बताइरहँदा इलामका जनताले भने पत्याएनन् । जसका कारण रास्वपा कमजोर देखिएको छ ।
यतिबेला रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी अनियमितताको आरोपले पनि केही धक्का लागेको विश्लेषण हुन थालेको छ । सामाजिक सञ्जालमा जति चर्चा भएपनि इलामका जनताले भने पूरानै पार्टीको पक्षमा मतदान गरेको देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपनिर्वाचनको मत, #एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ, #डम्बर खड्का
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्