लगानी सम्मेलन आज समापन हुने, यस्ता छन् कार्यक्रम
काठमाडौं । लगानी सम्मेलनको दोस्रो तथा समापन दिन सोमबार अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल कार्यक्रम छ । आइतबार शुरु भएको सम्मेलनको दोस्रो दिनको पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ।
यहाँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’का अध्यक्ष गणेश कार्कीलगायत वक्ता रहनेछन् ।
‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,तथा ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ वक्ता रहनेछन् । ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी वक्ता छन् ।
यस्तै राष्ट्रिय योजना आयोका सदस्य प्राडा संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा. सुरेशराज आचार्य लगायतले धारणा राख्नेछन् । समापन सत्रमा सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। समापन मन्तव्य अर्थमन्त्री पुनले दिने तय भएको छ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थमन्त्री वर्षमान पुन, #प्रतिनिधिसँग छलफल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्