मिल्यो रेशम र रञ्जिता झगडा,केही दिनमै दुई प्रदेश सरकार ढल्ने निश्चित

काठमाडौं । सत्तारुढ नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको झगडा मिलेको छ । राजनीतिक मतभेदका कारण केही महिनादेखि एकअर्काको आलोचना गरिरहेका श्रीमान रेशम र श्रीमती रञ्जिता त्यसयता पहिलोपटक शनिबार सँगै देखिएर तस्वीर समेत सार्वजनिक गरेका हुन् ।
शनिबार फेसबुकमा प्रोफाइल पिक्चरसमेत अपडेट गर्दै रञ्जिताले पति–पत्नीकै तस्बिर राखेकी छन्। त्यसो तर रञ्जिताले दम्पतीकै तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्, ‘नागरिक उन्मुक्ति पार्टी जसको हो, उसैको हो। कसैले धेरै खेल्न नखोजे हुन्छ।
रेशम–रञ्जितातालाई छुटाएर कसैको केही हुँदैन।’ रेशम चौधरीले पनि नेपालखबरसँग पत्नी रञ्जिताले आफूलाई ‘पार्टी र सरकार दुवै तिमी चलाऊ’ भनेर सहमति दिएको दाबी गरेका छन्।
उनले सानो जमघटमा पति-पत्नी सँगै बसेका तस्बिर सेयर गर्दै फेसबुकमा पनि लेखेका छन्, ‘महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाऊ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोस्ट गरेँ।’ साथै उनले अगाडि लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ।’
रेशमले दाबी गरेजस्तै श्रीमान्–श्रीमतीबीच ‘राजनीतिक मेलमिलाप’ पनि भएको हो भने वर्तमान सत्ता गठबन्धनमा उथलपुथल आउने सम्भावना देखिन्छ। तर, रेशम र रञ्जिताबीचको राजनीतिक विवाद यति गहिरिएको छ कि त्यो मुद्दा बनेर सर्वोच्च अदालतसम्म पुगेको छ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रञ्जिता श्रेष्ठबीचको झगडा, #रेशमलाल चौधरी
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्