पाल्पामा संघ र सातै प्रदेशका सभामुखको भेला
पाल्पा । पाल्पाको तानसेनमा आजदेखि सुरु हुने अन्तरव्यवस्थापिका अन्तरसंवाद भेलाको हुने भएको छ। दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुति लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने कार्यक्रम रहेको पनि सभामुख घर्तीले बताए । भेलामार्पत एकअर्काले गरेको अभ्यासलाई सिकाई हुने र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउन तयारी समेत रहेको छ। संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएकाले यस विषयमा छलफल हुने भएको छ ।
यस्तै तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निमार्ण गरी अघि बढ्ने विषयमासमेत छलफल हुनेछ । प्रदेशको सफलतासँगै संघीयताको सफलता जोडिएको हुँदा संघबाट आवश्यक कानुन नबन्दा प्रदेशका लागि आवश्यक कानून निमार्ण गर्न नसकिएको उल्लेख गर्दै सबैको छलफलपछि साझा अधिकारका सूचीभित्र रहेका कानून निमार्ण र प्रदेशका सभामुखसंगको समन्वयका लागि पनि यो भेलाले महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अन्तरसंवाद भेला, #पाल्पाको तानसेन, #विमला घिमिरे
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्