बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायोः राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन् । उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।
गोरखा भूकम्पको नवौँ स्मृति दिवसमा आज एक सन्देश जारी गर्दै पौडेलले भूकम्प र त्यसपछिका परकम्पमा परी ज्यान गुमाउने सबैमा श्रद्धा सुमन व्यक्त गरे । उनले जोखिमको प्रभावकारी न्यूनीकरण गर्नुपर्नेमा समेत जोड दिएका हुन । प्राकृतिक विपद् र उच्च भूकम्पीय जोखिममा नेपाल रहेको स्मरण गराउँदै उनले बढ्दो सहरीकरणका कारण भूकम्पको जोखिम बढ्दै गएको बताएका हुन् ।
राष्ट्रपति पौडेलले भनेका छन्, ‘भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ ।’ पौडेलले भूकम्पबाट जोगिन सुरक्षा उपायको अवलम्बन र जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
‘नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । पौडेलले भूकम्प जस्तो प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिएर पूर्व तयारी र चुस्त व्यवस्थापन बनाउनुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्