उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ ।
इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपनिर्वाचन, #प्रचारप्रसार गर्न नपाइने
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्