नरबहादुरजस्तो अभिभावक पाएर क्रान्ति गर्न सजिलो भयोः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. नरबहादुर कर्माचार्य जस्ता निष्ठावान् अभिभावक पाएकाले आफूलाई क्रान्तिको बाटो रोज्न सजिलो भएको बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले उनको योगदान र प्रेरणाको स्मरण गरेका हुन् ।
उनले पुराना पीढीका निष्ठावान् नेताकै कारण आफूहरू कम्युनिस्ट एकता हुनुपर्छ भनेर लागिरहेको बताए । उनले यसअघि गरिएको कम्युनिस्ट एकता विविध कारणले नटिके पनि एकपटक असफल भयो भन्दैमा त्यसबाट पछि हट्न नहुने बताए ।
दिवङ्गत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आबद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये एक भएको स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताए ।
चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिस्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । उनले मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गरेको बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नरबहादुर कर्माचार्य, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #प्रेरणाको स्मरण
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्