गठबन्धनमा असहज भयो, हामी कसैको दास बन्न सक्दैनौंः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गठबन्धनमा आफूहरुलाई असहज भएको उल्लेख गरेका हुन् ।
उनले वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे । ‘नेपालको राजनीतिक जटिल छ । गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ । कति दिन यो गठबन्धन टिक्ने होरु त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ ।
हामी सहज ठानिरहेका छैनौं ।’ उनले भने, ‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं ।’ नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #माधवकुमार नेपाल, #स्मृति प्रतिष्ठान
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्