Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

उमेशराज जोशी र भिमप्रसाद ढकाल एआईजीमा बढुवा सिफारिस


काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो । ५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन् ।

त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । ढकालको प्राप्ताङ्क ७३.६३०६ छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं