बर्दियामा २३ किलो चरेस जस्तो पदार्थसहित एक जना पक्राउ
काठमाडौं । बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका–२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट – बिओपी फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।
चेकिङका क्रममा उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको छ ।
उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका व्यक्ति रुकुम पश्चिमको सानोभेरी गाउ पालिका५ का ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्