किन पक्राउ पर्दैनन् जीवी राई ? गृहमन्त्री रवि लामिछाने मौन !

काठमाडौं । नेपालको राजनीति यतिबेला एउटा बिषयमा घुमिरहेको छ । विभिन्न स्थानका सहकारीमा भएको अनियमिताको छानविन गर्न संसदमै नेपाली कांग्रेसले आवाज उठाइरहेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै संसदीय छानविन समिति नै बनाउन माग गर्दै संसद नै अवरुद्ध गर्यो । जसका कारण प्रतिपक्षको अवरोधपछि सरकारले संसदको हिउँदे अधिबेशन नै अन्त्य गरिदियो ।
आफूमाथि छानविन समिति बनाए सरकार नै छोड्ने धम्की दिएका गृहमन्त्री रवि लामिछानेले विगतमा सहकार्य गरेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीवी राईलाई पक्राउ गर्न नै सकेका छैनन् । मलेसियामा रहेका जीवी राईलाई पक्राउ गर्न सुपुर्दगी सन्धी नभएकोले बाधा पुगेको प्रहरीले दाबी गरेको छ । तर, उनी मलेसियामा खुलेआम घुम्दा पनि सरकारले पक्राउ गर्न सकेको छैन् ।
पार्टीको पत्रकार सम्मेलनमै तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीवी राईलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गरेका थिए । तर, आफू गृहमन्त्री भएपछि पनि रविले जीवीलाई पक्राउ गर्न सकेका छैनन् । देशका बिभिन्न स्थानमा रहेका सहकारीबाट अर्बौ ठगेर फरार भएका जीवी राईलाई पक्राउ गर्न गृहमन्त्रीले आनाकानी गरेको सुरक्षा निकायका एक अधिकृत बताउछन् ।
जीबी र दीपेशसहित २८ जना प्रतिवादी
अर्कोतर्फ बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी बारे प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले अनुन्धानको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको हो ।
प्रतिवेदनमा प्रहरीले सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ भने १ अर्ब २ करोड मागदाबी लिनुपर्ने राय प्रतिवेदनमा समावेश गरिएको छ ।
राईसहित अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङलाई प्रतिवादी बनाउनु पर्ने प्रहरीको राय छ ।
प्रहरीले सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारी, भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी पनि प्रतिवादी बनाउनु पर्ने राय प्रतिवेदनमा समावेश गरेको छ । यीमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दीपेश पुन पक्राउ परेका छन्। भने जीबीसहित अन्य फरार छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री रवि, #छानविन समिति, #जीवी राई गृहमन्त्री रवि
ताजा खबर
- १लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- २सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ३भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ४समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ५ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
तपाईको कमेन्ट लेख्नुहोस्