एमाले अध्यक्ष ओली प्रमुख अतिथि रहेको कार्यक्रम गगन र प्रदीपले गरे बहिष्कार
काठमाडौं । अपमानजनक व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा र सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको एक कार्यक्रम बहिष्कार गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवा खानीमा शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम थापा र पौडेलसहित कांग्रेस नगर समिति समेतले बहिष्कार गरेको हो ।
थापा र पौडेललाई अपमानजनक ढङ्गले कार्यक्रममा सहभागीका रूपमा पत्र पठाइएकाले सो क्षेत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधहरू र पार्टीले समेत बहिष्कार गरेको बताइएको छ । नगर प्रमुख मिठाराम अधिकारीले पठाएको पत्रमा उनीहरूलाई सहभागी हुन भनिएको छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेसका महामन्त्री, #गगन थापा र सांसद प्रदीप पौडेल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्