कर्णालीमा राजीनामा नदिने मुख्यमन्त्रीको अडान, बुधबार विश्वासको मत लिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ ।
माओवादी नेता तथा कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने र त्यसपछि केन्द्रमा सत्ता गठबन्धनमा भएको सहमति अनुसार अघि बढ्न सकिने बताए ।
सत्ता गठबन्धनको शीर्ष नेताहरुबीच कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । तर, मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन मंगलबार प्रदेशसभाको बैठक बोलाइएको थियो ।
मंगलबार यस विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच दिनभरजसो छलफल भएको थियो । तर, मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएपछि छलफल विना निष्कर्ष सकिएको थियो ।
त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो । मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बुधबार दिउँसो सार्नका लागि भनेका छन् ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्