नागरिक उन्मुक्ति पार्टीका रेशम र रञ्जिताको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डको छलफल
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पक्षलाई बोलाएर मङ्गलबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालययमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई छुट्टाछुट्टै बोलाएर प्रचण्डले छलफल गरेका हुन् ।
उनीहरूलाई आपसमा मिल्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको बताइएको छ । पार्टीको विवादले राम्रो सन्देश नगएको र यसलाई दुवै जना मिलेर समाधान गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको बताइएको छ । पार्टीभित्रको विवादको बारेमा रञ्जिता र रेशमले आ–आफ्नो कुरा राखेका थिए । तर, नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरू प्रधानमन्त्री प्रचण्डकहाँ चिया खान गएको बताइन् ।
उनले पार्टीको विवादको बारेमा कुनै पनि कुरा नभएको दावी गर्दै कैलालीको विकासको योजनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको दाबी गरिन् । अध्यक्ष रञ्जिताले टीकापुरका मेयर रामलाल डगौरालाई लिएर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी थिइन् । रामलाल डगौरालाई रेशम चौधरी पक्षका नेताहरूले कुटपिट गरेको रञ्जिताको आरोप छ ।
सोमबार पार्टी कार्यालयमा भएको विवादका कारण स्थगित भएको केन्द्रीय समितिको बैठक रेशम चौधरी पक्षधरले बोलाएको छ । रेशम चौधरी पक्षले बोलाएको केन्द्रीय समितिको बारेमा आफूलाई कुनै जानकारी नरहेको अध्यक्ष रञ्जिताले बताइन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्