कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई मनोनीत गरेको छ।
कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको प्रमुख सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन्।
नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकाय ज्यू मनोनीत हुनुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए । उनी हाल कर्णाली प्रदेशको महामन्त्री र नेपाल विद्यार्थी संघ रुकुमका संस्थापक अध्यक्ष हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर रोकाय, #राष्ट्रियसभाको प्रमुख सचेतक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्