दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ
काठमाडौं । प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो ।
दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् ।
उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’ दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #अरविन्द केजरीवाल, #नरेन्द्र मोदी
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्