विनोद चौधरीले भने–मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्ने कसैलाई बुझाउन पर्दैन ! (भिडियोसहित)
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा बिहीबार बयान दिएपछि पत्रकारहरुसँग उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको आरोपमा बयान दिन सिआईवी पुगेका उनले बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखिएको बताए ।
यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ ।
आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले भने, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’
आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको चौधरीले बताए । सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको औपचारिक जानकारी सभामुख देवराज घिमिरेलाई पत्र लेखेरै गराएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आफूमाथि राजनीतिकरण, #विनोद कुमार चौधरी
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्