Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

पोखरामा जब प्रधानमन्त्री प्रचण्ड गलबन्दी भाकामा छमछमी नाचे…(भिडियोसहित)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कास्कीको एक कार्यक्रममा छमछमी नाचेका छन् । प्रकाश सपुतको स्वरमा प्रधानमन्त्री प्रचण्ड गलबन्दी च्यातियो तिमिले तानेर भाकाको गितमा छलमछमी नाचेका हुन । प्रकाश सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्री प्रचण्डबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए ।

उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे । प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु, सपुतले भनेका थिए ।

उनको अनुरोधलाई सहज रूपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचेका हुन् । गायक सपुतको ‘बोलमाया…..’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरूको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो ।

प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि सङ्घ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौँ पुरानो सपना पूरा भएको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक–पटक पहलले सार्थकता पाएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए ।




क्याटेगोरी : प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छमछमी नाचे, #प्रकाश सपुत, #प्रचण्ड कास्की

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं