दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको हो ।
शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ । साउन २ मा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्