हुम्ला र डोल्पामा आगामी बर्ष सडक पुगोसः सांसद रोकाय (भिडियोसहित)
काठमाडौं । राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा यसै बर्ष सडक पुर्याउने गरी बजेट बिनियोजन गर्न माग गरेका छन् ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिर्दै सांसद रोकायले सडक सञ्जाल जोड्नका लागि प्रयाप्त बजेटको ब्यवस्था गर्न माग गरेका हुन् । उनले आगामी आर्थिक बर्षमा सडक विस्तारका लागि सरकारले बजेट ल्याउनुपर्ने बताए ।
उनले सरकारले आयोजना छनोट गर्ने तर, बजेट प्रस्ताव नगर्ने प्रबृत्तिका कारण निर्धारित समयमा काम सम्पन्न नहुने समस्या बढेको बताए । सांसद रोकायले युवा जनशक्ति बैदेशिक रोजगारमा होमिनुपर्ने अवस्था छ जसलाई रोक्न बजेट विनियोजन गर्न सुझाव दिए ।
हरेक संरचनामा मितब्ययिता सुशासन र पारदर्शिता विनियोजन बिधेयकमा समेटेकोले प्रभावकारी बन्ने सांसद रोकायको भनाई छ । निवर्तमान अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ल्याएको विनियोजन विधेयकमा समेटिएका राम्रा कामलाई वर्तमान अर्थमन्त्री बर्षमान पुनले प्राथमिकता दिन समेत सांसद रोकायले सुझाव दिएका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर रोकाय, #राष्ट्रिय सभाका सांसद
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्