Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

हुम्ला र डोल्पामा आगामी बर्ष सडक पुगोसः सांसद रोकाय (भिडियोसहित)


काठमाडौं । राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा यसै बर्ष सडक पुर्याउने गरी बजेट बिनियोजन गर्न माग गरेका छन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिर्दै  सांसद रोकायले सडक सञ्जाल जोड्नका लागि प्रयाप्त बजेटको ब्यवस्था गर्न माग गरेका हुन् । उनले आगामी आर्थिक बर्षमा सडक विस्तारका लागि सरकारले बजेट ल्याउनुपर्ने बताए ।

उनले सरकारले आयोजना छनोट गर्ने तर, बजेट प्रस्ताव नगर्ने प्रबृत्तिका कारण निर्धारित समयमा काम सम्पन्न नहुने समस्या बढेको बताए । सांसद रोकायले युवा जनशक्ति बैदेशिक रोजगारमा होमिनुपर्ने अवस्था छ जसलाई रोक्न बजेट विनियोजन गर्न सुझाव दिए ।

हरेक संरचनामा मितब्ययिता सुशासन र पारदर्शिता विनियोजन बिधेयकमा समेटेकोले प्रभावकारी बन्ने सांसद रोकायको भनाई छ । निवर्तमान अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ल्याएको विनियोजन विधेयकमा समेटिएका राम्रा कामलाई वर्तमान अर्थमन्त्री बर्षमान पुनले प्राथमिकता दिन समेत सांसद रोकायले सुझाव दिएका थिए ।




क्याटेगोरी : अर्थ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर रोकाय, #राष्ट्रिय सभाका सांसद

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं