प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको आरोपमा उपमेयर र दुई वडाध्यक्ष पक्राउ
काठमाडौं । डडेल्धुरास्थित परशुराम नगरपालिकाका उपमेयर र दुई जना वडाध्यक्ष पक्राउ परेका छन् । कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
कार्यपालिका बैठकमै आज निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो ।
सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको हो ।
तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्षसम्म तीनै जना माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपमेयर र दुई जना, #परशुराम नगरपालिका, #वडाध्यक्ष पक्राउ
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्