नागरिक उन्मुक्ति पार्टीमा रञ्जिता र रेशमको झगडाले सुदुरपश्चिममा तरंग
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै नागरिक उन्मुक्ति पार्टीमा रञ्जिता श्रेष्ठ र रेशम चौधरीको विवाद छताछुल्ल भएको छ । दुई जनाको झगडाले सरकार जोगाउने मुख्यमन्त्री कमलबहादुर शाहको प्रयासमा ठक्कर लागेको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।
एकीकृत समाजवादी पनि नयाँ गठबन्धनमा गएपछि उनले नाउपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत २७ पुर्याउने प्रयास थालेका थिए । शाहले बिहीबार साँझ नै राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशीलाई मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने तयारी गरेका थिए ।
अछाम हिँडेका प्रदेश प्रमुख देवराज जोशीलाई मन्त्रिपरिषद विस्तारकै लागि डडेल्धुराबाट फर्काएका थिए, तर राप्रपाले केन्द्रको निर्णय पर्खिने बतायो भने स्वतन्त्र सांसद जोशीले सत्ता समीकरणमा निर्णायक मानिएको नाउपाको भूमिका प्रष्ट पार्न माग गरे ।त्यसैले शुक्रबार राति नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री र खुसीराम चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरे ।
नाउपाका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई निरन्तरता दिएका उनले राज्यमन्त्री कैलाश चौधरी हटाए र नाउपाकै इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरे । तर सरकार विस्तारसँगै नाउपामा विवाद देखियो । शुक्रबार मन्त्री नियुक्ति रेशमलाल चौधरीको जोडबलमा भएको थियो ।
शनिबार रञ्जिता चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएकी छिन् । रेशम र रञ्जिताको झगडाले सत्ता समीकरण फेरिएपछि उनीहरुको विवाद पनि सतहमा आएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहेकी रञ्जिता माओवादी–एमालेको नयाँ गठबन्धनको पक्षमा उभिएकी छन् । रेशम भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनको पक्षमा खुलेका छन् । उनले नै सुदूरपश्चिम प्रदेशको कांग्रेस सरकारमा थप मन्त्री पठाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रञ्जिता र रेशम
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्