स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर, अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने भएका हुन । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो ।
गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । तर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई दिनुपर्ने भन्दै गिरीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिदिएका थिए ।
जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्