मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै अल्झिएको संसद, जहाँ प्रधानमन्त्रीले छल्दैछन् संसद !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउने बाध्यताले पटक–पटक झुट बोल्दा संसदमा प्रतिपक्ष दल एक ठाउँमा उभिने मौका पाएका छन् । संसदको रोष्टमबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला मुख्य दोषी देखिएको बालकुमारी घटनामा छानविन समितिले दिएको प्रतिबेदन बुझेर, पढेर छिट्टै निर्णय लिने बताएका प्रधानमन्त्री प्रचण्ड यतिबेला तै चुप मै चुप छन् । गठबन्धन बैठकमै चुपचाप बस्ने सहमति दलहरुले गरेको प्रष्टै देखिन्छ । किनकि सत्तारुढ दलका नेताहरु यो बिषयमा बोल्न चाहदैनन् ।
मन्त्री ज्वालाले नैतिकता देखाउने कुनै छाटकाट देखिदैन । मन्त्री फेर्छु सरकारलाई गति दिन्छु भन्ने प्रधानमन्त्री प्रचण्डको गफ पनि अव कसैले पत्याउने वाला छैन् । मन्त्रीहरुको राजीनामा माग्ने थलो नै संसद बनेको छ । संसदमा प्रमुख प्रतिपक्ष दलदेखि रास्वपा, राप्रपा नै एक ठाउँमा उभिएर राजीनामा दिन बाध्य पार्ने रणनिति उनीहरुले अपनाएको देखिन्छ । एमालेको त एउटा मन्त्रीको राजीनामा मात्रै कुरा छैन् ।
उसले सरकारका चार जना मन्त्रीको राजीनामा मागेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, अख्तियारको छानवीनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती अनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलेको समेत एमालेले राजीनामा मागिरहेको छ । एमालेले चार मन्त्रीको राजीनमा माग्दा प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीले त मन्त्रीले राजीनामा नदिए संसद र सडक नै अवरुद्ध गर्ने धम्की दिएको छ ।
सरकार संसदप्रति जवाफदेहि नभएको भन्दै बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डले समय नै नपाएको भए आफूहरुले पढेर सुनाउने रास्वपाको चेतावनी छ । एमालेको माग, अनि रास्वपाको माग मात्रै होइन । राप्रपाले पनि दुई मन्त्रीको राजीनामा मागेको छ । गृहमन्त्री र भौतिकमन्त्रीलाई हत्या आरोपमा जेल कोच्नुपर्ने सम्मको अभिब्यक्ती राप्रपाले दिइरहेको छ । केही प्रकरणमा ठूला नेता जोगिने र कर्मचारी ब्यापारी फसाउने सरकारको डिजाइन नै भएको राप्रपाको जिकिर छ ।
राजीनामाको बिषयलाई लिएर प्रतिपक्षको तयारी थियो संसद अवरुद्ध नै गर्ने । झण्डै एक मिनेट त उनीहरुले उठेरै बिरोध जनाए । त्यसको भेउ पाएका सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरिरहेका छन् । सभामुखको रुलिङपछि संसद बैठक बल्ल चल्यो ।
पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग उठिरहेको छ । तर, त्यस्ता मागमा सरकारले सुन्दै नसुने झै गरिरहेको छ । दलहरुलाई पन्छाउन सरकार वा प्रधानमन्त्री प्रचण्डले चालबाजी नै खेलिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ज्वालाको राजीनामा, #पटक–पटक झुट, #बोल्दा संसद
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्