यूएई लैजान लागेको अवस्थामा अवैध मुद्रासहित सुस्मिता गोले पक्राउ
काठमाडौं । अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले छिन् । उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ ।
फ्लाई दुबईको उडानमार्फत काठमाडौं जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो ।
बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अवैध मुद्रा, #विमानस्थल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्