रक्तदाता अर्जुन मैनालीले फेसबुकमा स्टाटस लेखेर अमेरिकामा गरे आत्मदाह
काठमाडौं । दुई सय ६ पटक रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो । प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको छ । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए ।
उनी चढेको कार पनि जलेको छ । कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ । मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको छ । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिएको बताइएको छ ।
मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७–०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे ।
अहिले नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका थिए । उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् । मैनालीले आफ्ना साला र उनकी पत्नीप्रति गुनासो गरेर फेसबुक स्टाट्स लेखेका थिए ।

क्याटेगोरी : प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अमेरिकाको नर्थ, #अर्जुन मैनाली, #दुई सय ६ पटक
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्