भाषण गरेर नेताहरु हिँडेपछि देउवाको आक्रोशः साथीहरु कोही छैन के बोल्नु !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि असन्तुष्टी ब्यक्त गरेका छन् ।
शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटनमा सभापति देउवाले भने साथीहरु कोही छैन के बोल्नु।
उनले थपे मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो । हाम्रो साथीहरू सबैलाई लामो बोल्नुपर्छ । सबै कुरा प्रष्ट सुनाउन पनि पर्यो । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । धेरै कुरा बोल्नु छैन । साथीहरू बोलिसक्नुभयो । सभापति देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए ।
उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने भन्दै सभापति देउवाले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताएका थिए ।
उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #असन्तुष्टी ब्यक्त, #बोल्नुअघि नेताहरू हिँडेपछि, #शेरबहादुर देउवा
ताजा खबर
- १सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- २भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ३समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ४ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
- ५अस्ट्रेलियामा आम निर्वाचनः एक करोड ८० लाख मतदाता
तपाईको कमेन्ट लेख्नुहोस्