प्रधानमन्त्री प्रचण्ड स्वयंले काम गर्ने तरिका बदल्नुपर्छः गगन थापा
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् ।
निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्नेकुरा मुर्खता शिवाय अरु केही नहुने महामन्त्री थापाको भनाई थियो ।
बुधवार प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा दिँदै आएको निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्डले कार्यालय प्रमुख झैं देशको प्रमुखको रुपमा काम गरेर मात्रै मुलुकको समस्या पहिचान हुने र त्यसले समाधान पनि पाउने दाबी गरे ।
महामन्त्री थापाले तीन वटै तहको सरकारले निर्देशन दिने मात्रै काम गरेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेको पनि बताए । उनले मुलुकको समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डले अतिरिक्त पहलकदमी लिनुपर्ने बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आफैले काम गर्ने तरिका, #गगनकुमार थापा, #नेपाली कांग्रेस, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्