बुटवल–नारायणगढ सडकमा १ महिनाभित्रै खाल्डाखुल्डीरहित बनाउने
काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने गरी निर्णय भएको छ ।
सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले एक महिनाभित्र खाल्डाखुल्डी रहित सडक बनाउने निर्णय भएको हो ।
बैठकले दाउन्ने खण्डमा निर्माण गर्दा यातयात सञ्चालनमा हुन सक्ने अवरोधबारे निर्माण व्यवसायीबाट ठोस कार्ययोजना १ साताभित्र पेस गर्नुपर्ने र कार्ययोजना अनुसारको सहमतिलाई सम्बन्धित पक्षले कार्यान्वयन गर्ने सहमति भ्रएको छ ।
यसअघि सहमत भएको लक्ष्य भन्दा १० प्रतिशत कम प्रगति भएको र यस आर्थिक वर्षभित्र यसअघिको १० पूरा हुने गरी कार्यतालिका प्राप्त गरी मासिक रुपमा अनुगमन गर्ने र लगातार ३ महिना लक्ष्य पूरा नगरे सम्झौताको शर्त अनुसार कारबाही अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले वर्षायामको सम्भावित अवरोध हटाउने योजना तय गरी कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । निर्माण सामग्रीको नियमित आपूर्तिका लागि मन्त्रालयले सहजीकरण गर्ने निर्णय समेत भएको छ । निर्माण व्यवसायीले शर्त पालना नगरेमा योजना कार्यालयबाट ठेक्का अन्त्य गर्ने निर्णय समेत भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #खाल्डाखुल्डी, #पूर्वाधार तथा यातायात, #बुटवल–नारायणगढ सडक, #भौतिक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्