राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो ।
राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसदको बिदाई हुँदैछ ।
त्यस स्थानका लागि गत माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । त्यसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा बनेको छ । राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको बन्ने नेताहरुले दाबी गर्दै आइरहेका छन् ।
सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभामा ल्याइएको कांग्रेस नेताहरुको दाबी छ । तर, कोशीमा राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसबाट धोका भएको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादीको प्रतिनिधि शून्य हुने भएकाले नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष नछाड्न दबाब बढाइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निर्वाचन फागुन, #पदावधि सकिएर, #राष्ट्रिय सभा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्