गृहमन्त्रीले जीबी राईलाई समात्न नचाहेको रवि लामिछानेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जीबी राईलाई पक्राउ गर्न नचाहेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले काठमाडौंमा गरेको भेटघाट तथा चियापान कार्यक्रममा सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको आरोप लगाएका हुन ।
पीडितलाई न्याय दिलाउनको साटो सरकार आफूलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको पनि रबिले आरोप लगाए । ‘रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो,’ उनले भने, ‘केही भए पो पाउनु ? भए त किन छोड्थे र ?
गृहमन्त्री श्रेष्ठलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको रबिको आरोप छ । उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीबीलाई किन समाउन नसकेको भनि उनले प्रश्न पनि गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्