आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् ।
फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्