किन पुगे काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी ओली निवास बालकोट ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भेटवार्ता गरेका छन् । उनले बालकोटस्थित निवासमै पुगेर ओलीलाई भेटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भेटका क्रममा उनीहरूबीच शान्तिप्रक्रियाका बाँकी विषयलाई टुंगो लगाउने लगायतका विषयमा छलफल भएको शर्माले उल्लेख गरेका छन् । उनले भिन्न पृष्ठभूमि र राजनीति आस्था भए पनि अबको सहकार्यले शान्तिप्रक्रियाका बाँकी काम पूरा हुने बताएका छन्।
‘भिन्न पृष्ठभूमि र भिन्न आस्था भएर पनि जब हामी ‘एक ठाउँमा’ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो’, शर्माले लेखेका छन्, ‘सहकार्यको अबको चरणले शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु छ, संविधानप्रति अपनत्वको दायरा बढाउनु छ र समुन्नतिको यात्रामा गति बढाउनु छ।’
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्