किन पुगे काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी ओली निवास बालकोट ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भेटवार्ता गरेका छन् । उनले बालकोटस्थित निवासमै पुगेर ओलीलाई भेटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भेटका क्रममा उनीहरूबीच शान्तिप्रक्रियाका बाँकी विषयलाई टुंगो लगाउने लगायतका विषयमा छलफल भएको शर्माले उल्लेख गरेका छन् । उनले भिन्न पृष्ठभूमि र राजनीति आस्था भए पनि अबको सहकार्यले शान्तिप्रक्रियाका बाँकी काम पूरा हुने बताएका छन्।
‘भिन्न पृष्ठभूमि र भिन्न आस्था भएर पनि जब हामी ‘एक ठाउँमा’ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो’, शर्माले लेखेका छन्, ‘सहकार्यको अबको चरणले शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु छ, संविधानप्रति अपनत्वको दायरा बढाउनु छ र समुन्नतिको यात्रामा गति बढाउनु छ।’
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्