Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

उच्चस्तरीय आयोग बनाएर बालकुमारी घटना छानबिन गर्ने गठबन्धनमा सहमति


काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्नको लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।

दुईजना युवाको मृत्यु हुने गरी भएको घटना र त्यहाँ भएको प्रदर्शनलगायतका विषयमा छानबिन गर्न यसअघि गृहमन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिमाथि प्रश्न उठाइएको थियो ।

घटनाको छानबिन गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्‍त्रालयलाई निर्देशन दिएको हो ।

भोलि बस्ने मन्त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने भएकाले त्यहीअनुसार प्रस्ताव ल्याउन प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

हिजो सकिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । आज बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरूबीच बसेको बैठकले आयोग गठन गर्ने सहमति जुटाएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं